वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि दरखास्त दिएका उम्मेदवारमध्ये ६ जनाको दरखास्त स्वीकृत भएको छ। दरखास्त स्वीकृत हुनेमा अपार न्यौपाने, आशुतोष शर्मा, चन्दन कुमार घोष, रामकृष्ण खतिवडा, सुभाष थापा, र स्मृति शर्मा रहेका छन् ।
अर्थ मन्त्रालयका अनुसार अब यी ६ जनाले व्यावसायिक रणनीति तथा कार्ययोजना प्रस्तुत गर्नेछन् । साथै अन्तर्वाता पनि हुनेछ। अपार न्यौपाने, आशुतोष शर्मा, चन्दन कुमार घोषलाई व्यावसायिक रणनीति तथा कार्ययोजना प्रस्तुतको लागि मङ्सिर ५ गते १०:३० बजे बोलाईएको छ । उनीहरुको अन्तर्वाता भने मङ्सिर ६ गते सोहि समयमा हुनेछ।
त्यस्तै रामकृष्ण खतिवडा, सुभाष थापा, स्मृति शर्मालाई व्यावसायिक रणनीति तथा कार्ययोजना प्रस्तुतको लागि मङ्सिर ५ गते दिउँसो १ बजे बोलाईएको छ । उनीहरुको अन्तर्वाता भने मङ्सिर ६ गते सोहि समयमा हुनेछ।
कोषको सीईओ पदका लागि २०८३ असोज १६ मा सूचना प्रकाशित गरिएको थियो। “वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३” अनुसार ६ जनाको आवेदन स्वीकृत भएको हो।
कोषको सीओको लागि आवेदन दिएका दिप्त साह, ऋतु प्रधान, सुमनकुमार वैद्य, प्रबुद्ध दाहाल, डा. होमनाथ गैरे, दिनेश दुलाल र दीलिपराज पौडेलको आवेदन भने अस्वीकृत भएको छ ।










