आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३६ हजार २ सय ८० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार १ सय ३४ रुपैयाँ तोकिएको छ ।










