एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। बोर्डले कार्तिक १७ गते बैंकलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । बैंकले गत असार २४ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो।
बोर्डबाट अनुमति पाएसंगै अब बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजारको ५० प्रतिशतले हुन आउने ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८ सय ३५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा बैंकको दीर्घकालीन व्यवसायिक विस्तार एंव रणनीतिक योजनाहरु कार्यान्वयन गर्न उपयोग गर्ने योजना रहेको बैंकले उल्लेख गरेको छ।










