आज सोमबार सुनको भाउ इतिहासकै उच्च बिन्दुमा पुगेको छ । आइतबार प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४१ हजार ७ सय ७० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ पनि तोलामा १ सय ८५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८ सय १० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ९ सय ८१ रुपैयाँ तोकिएको छ । चाँदी पनि इतिहासकै महँगो हो ।












