आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २९ हजार ३ सय ४० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि किर्तीमानी उचाईबाट तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ७२ रुपैयाँ तोकिएको छ ।












