प्रधानमन्त्री सुशिला कार्कीले आफु सत्ता हस्तान्तरण छिटोभन्दा छिटो गर्न आतुर रहेको बताएकी छिन् । बीबीसीसँगको कुराकानीमा उनले आफु सत्ता हस्तान्तरण गर्न आतुर रहेको र अब आउने सरकारसँग “जेनजीहरूको विकास, परिवर्तनको आशा र विकासको मार्गचित्र” को आशा रहेको बताएकी हुन्।
उनले नयाँ बन्ने सरकारसँग “युवाहरूको आशा रहेको” बताउँदै आफ्नो सरकारले देखेका “कमीकमजोरीको एउटा फेहरिस्त श्वेतपत्रजस्तो बनाएर” नयाँ सरकारलाई छाड्ने बताइन्। कार्कीले धेरैपटक “निर्वाचन हुँदैन भन्दै आएका अवरोध र टिप्पणी”हरूलाई आफूहरूले ध्यान नदिएर “एकोहोरो लाग्दै” निर्वाचनको काम फत्ते गरेको बताइन्।
चुनौतीका बाबजुद निर्वाचन सफल भएको उनले उल्लेख गरिन् ।









