Tuesday, July 21, 2026
spot_img

लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याज कति ?

spot_img

लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो।

यो ऋणपत्र मध्ये १८ लाख कित्ता  व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन हुने छ। सर्वसाधरणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाइएको छ ।

यस ऋणपत्रमा छिटोमा साउन १९ गतेसम्म र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ९ गते अनुमति दिएको हो । वार्षिक ७ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि १० वर्षको रहेको छ ।  ऋणपत्र निष्काशनको लागि माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रदीप अधिकारीविरुद्द भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि दायर

नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...
spot_img