आज मंगलबार पनि सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४४ हजार ८ सय ५५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ४७ रुपैयाँ तोकिएको छ ।









