सरकारले हरेक दिन एक जनाले एक लाख पाउने गरी चिट्ठा योजना सुरु गरेको छ । कर प्रणालीमा आवद्ध नागरिक मध्येबाट हरेक दिन एक जनाले एक पाउन सक्ने गरी चिट्ठा योजना सुरु गरिएको हो ।
मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आवद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन् ।
अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल तथा रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिँदा यो योजनामा सहभागी हुन पाइने अर्थ मन्त्रालयले जनाएको छ । हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिनेछ ।
बजेटमा घोषणा गरिएको यो कार्यक्रम कार्यन्वयनबारे अर्थ मन्त्रलायले बिस्तृत कार्यविधि पनि तयार पारिसकेको छ ।









