Tuesday, July 21, 2026
spot_img

औषधिको मूल्य बढ्दै

spot_img

१० वर्षदेखि समायोजन हुन नसकेको औषधि मूल्य अब भने बढ्ने भएको छ । सरकारले एकसाथ करिब १०० प्रकारका औषधिको मूल्य समायानुकुल हुने गरी समायोजन गर्न लागेको हो ।

‘औषधि मूल्य अनुगमन समिति’को बैठकले औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । औषधि व्यवस्था विभागमा बसेको बैठकले लामो समयदेखि स्थिर रहेको औषधिको मूल्य बढाउन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा शुक्रबार बसेको औषधि मूल्य अनुगमन समितिको बैठकले एकसाथ १०० भन्दा धेरै प्रकारका औषधिको मूल्य समायोजनका लागि औषधि परामर्श परिषद्मा प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।

कार्बोप्लाटिन, सिसप्लाटिन र अक्जिप्लाटिन गुप्रका औषधिहरूको मूल्य पहिलो चरणमा बढाइनेछ । धेरै माग भएका, अन्तर्राष्ट्रिय रुपमै मूल्य बढी भएका औषधिको मूल्य बढाउन लागिएको हो । अब अनुगमन समितिको तर्फबाट परामर्श परिषद्मा प्रस्ताव गएपछि निर्णय हुनेछ । परामर्श परिषद् स्वास्थ्य मन्त्रीको अध्यक्षतामा रहने संरचना हो ।

नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्युटिकल्स एसोसिएसनसहित सरोकारवालाले शुक्रबारको बैठकमा मूल्य समायोजन नगरिएका औषधि उत्पादन र आयात गर्न सकिने अवस्था नरहेको भन्दै जानकारी गराएका थिए ।

सरकारले ११७ प्रकारको औषधिको मूल्य तोकेको छ । अन्तिमपटक २०७२ सालमा मूल्य समायोजन गरिएपनि त्यतयता भने भएको छैन । भारत लगायतका देशमा त्यसयता पटकपटक मूल्य समायोजन भएपनि नेपालमा भने बढाइएको छैन ।

अब औषधि परामर्श परिषद्को बैठकले समितिको सिफारिस अनुसार औषधिको मूल्य बढाउने निर्णय गर्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रदीप अधिकारीविरुद्द भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि दायर

नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...
spot_img