Wednesday, July 22, 2026
spot_img

झापामा राति १२ बजेदेखि मतगणता सुरु हुने

spot_img

झापामा राति १२ बजेदेखि मतगणता सुरु हुने भएको छ । अहिले  मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेका छ ।

निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका सङ्कलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जानकारी दिए । उनले राति १२ बजेदेखि मतगणता सुरु हुने जानकारी दिए ।

जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ । पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार चुनावी मैदानमा थिए । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता थिए ।

झापामा झापा ५ मा सर्वाधिक चासोका साथ हेरिएको छ।  झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। यी दुवै नेता आ-आफ्नो पार्टीबाट भावी प्रधानमन्त्रीको उम्मेदवार हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रदीप अधिकारीविरुद्द भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि दायर

नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...
spot_img