मारमा काठमाडौँका घरधनी, भाडा घटाएरै भएपनि भाडावाल टिकाईराख्नु पर्ने बाध्यता

spot_img
spot_img

केही वर्ष अघिसम्म काठमाडौँमा व्यवसाय गर्नेहरुलाई घरधनीले अनेकौँ झन्झट र सास्ती दिँदै आएको गुनासो ब्यापक आउँथ्यो । अचाक्ली धरौटी लिने गरेको, ६ महिनासम्मको भाडा अग्रिम रुपमा माग गर्ने गरेको जस्ता गुनासाहरु धेरै सुनिन्थे । उद्योग वाणिज्य संघहरु, निश्चित क्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायीका संगठनहरु र स्थानीय तहका अधिकारीहरु बसेर यस्ता विवाद सुल्झाउँथे।

तर अहिले घरधनीहरु नै त्रासमा देखिन थालेका छन्। यसका उदाहरणहरु पनि सार्वजनिक हुन थालेका छन्।

तीनकुनेमा एक जना घरधनीले आफ्नो घरको दुइवटा सटर र दुइ तला (फ्ल्याट) भाडामा लगाएका थिए । तेस्रो तलामा आफू बस्थे । उनले गत साउनबाट कसैसँग बहाल सम्झौता नगर्ने भन्दै असारमै सूचना पठाए । सायद भाडा बढाएर सम्झौता गर्ने उनको मनशाय थियो । सूचना अनुसार दुइ वटा व्यवसाय सरे भने दुइ वटा बसिरहे । बसिरहेकासँग पनि उनले असोजमा मात्रै पूरानै दरअनुसार सम्झौता गरे । साउनमै खाली भएको एउटा फ्ल्याट र एउटा सटर अझैसम्म भाडामा लागेका छैनन् । ‘फ्ल्याटको ३० हजार आउँथ्यो, सटरको १५ हजार थियो । महिनाको ४५ हजार आम्दानी गुम्यो’ अहिले ति घरबेटी भन्छन्, ‘बसिरहेकालाई फकाएर राख्नुपर्ने बेला रहेछ, मेरो बुद्धि पुगेन ।’

बसुन्धरामा एकजना घरधनीले घरको पहिलो फ्ल्याट र तीनवटा सटर भाडामा दिएका थिए । एउटा सटरमा सामान्य खाजाघर थियो भने बाँकी दुइवटा सटरमा कपडा पसल थियो (एकै व्यक्तिले दुइवटा सटरमा कपडा पसल चलाउँथे) । खाजाघर चलाउने महिलाले ३ महिनाको भाडा तिर्न नसकेको भन्दै घरधनीले भाडा तिर्न ताकेता गरिरहेका थिए । ति महिलाले भने एकमुष्ट नभई थोरै–थोरै गरेर तिर्दै जाने बताउँदै आएकी थिइन् । दशैँमा अलि बढी पैसा तिरेपनि उनले अझै २ महिनाको भाडा पूरै तिर्न बाँकी छ ।

यस्तै ताकेता घरधनीले ति कपडा व्यवसायीलाई पनि गर्दै आएका थिए । उनी भने बाँकी भाडा तिरेर दशैँको मुखमै नजिकै अर्को सटरमा सरे । ति कपडा पसेलेले छोडेको सटरमा अहिले ‘सटर भाडामा’ लेखेर टाँसिएको छ । तर, अहिलेसम्म कसैले सम्पर्क गरेका छैनन् । ‘तिहार अगाडि एक जनाले मासु पसल राख्छु भनेर सम्पर्क गरेको थियो, तर त्यो मान्छे पनि अहिलेसम्म आएन’ ति घरधनी भन्छन् । भित्री सडकमा भएको हुनाले उनले दुइवटा सटर २८ हजारमा दिएका थिए । दशैँको मुखमा खाली भएको सटर अहिलेसम्म रित्तै छ ।

‘अब त्यो खाजाघर चलाउने बहिनीलाई चाहिँ म सटर छोडेर जाउ भन्दिनँ, ति बहिनी पनि गइन् भने त्यो सटर पनि खाली नै रहला भन्ने डर लागिरहेको छ’ घरधनी भन्न थालेका छन्, ‘दुइ महिनाको भाडा ड्यू छ । खाली गराउनु भन्दा एक/दुइ महिनाको भाडा तिर्न बाँकी भएपनि अहिले बसिरहेकै मान्छे बसोस् भन्नेमा पुगेको छु ।’

खाजा पसल, रेष्टुरेन्ट, लत्तापकडाका पसल, गेष्ट हाउससहित किराना पसलमा पनि अहिले व्यापार कम रहेको काठमाडौँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दुर्गाराज श्रेष्ठ बताउँछन् । जसका कारण व्यवसायी मात्रै नभई घरधनीसमेत प्रभावित हुनु परिरहेको उनको बुझाई छ । ‘व्यवसाय नभएपछि व्यवसायी त प्रभावित भइ नै हाल्यो’ उनी भन्छन्, ‘दुइ/तीन वर्ष पहिले हो भने एउटा व्यापारीले सटर छोडे अर्को आइहाल्छ भन्ने हुन्थ्यो घरधनीलाई । अहिले त खाली भयो भने खाली नै बस्ला कि भन्ने डर छ । त्यसैले घरधनीहरु पनि त्रासमा नै देखिन्छन् ।’

व्यवसायीहरुका अनुसार काठमाडौँ उपत्यकामा मात्रै नभई देशैभरका ठूला बजारहरुमा अहिले यो समस्या छ । व्यवसायी र घरबेटी दुबैका लागि यो समस्या चुनौतिपूर्ण भएपनि यो समस्याकै कारण पछिल्लो समय घरधनी र व्यवसायीबीच आरोप–प्रत्योरोप चल्ने क्रम भने कम भएको उनीहरुको बुझाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनको भाउमा उच्च गिरावट

आज बुधबार सुनको भाउमा उच्च मूल्यको गिरावट आएको छ...

हिम पर्वत हाइड्रोपावरले मङ्सिर १८ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

हिम पर्वत हाइड्रोपावर लिमिटेडले मङ्सिर १८ गतेदेखि आम सर्वसाधारणलाई...

धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

 नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल...

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीबाट पर्यटन व्यवसायी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहको हिजो सम्पन्न भारतको राजकीय भ्रमणबाट नेपालमा...

नेपाल–भारत व्यापारलाई लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ: अध्यक्ष अग्रवाल

नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि...

बुढानीलकण्ठमा ९२ कोठाको IBIS Styles Hotel विकास तथा व्यवस्थापनका लागि सम्झौता

नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति विस्तार...