Tuesday, June 16, 2026
spot_img

लामिनारद्वारा ‘मोनोलिथ डिजिटल फुल–बडी’ टायल सार्वजनिक

spot_img
spot_img

नेपालको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनार टायल्सले आफ्नो नयाँ प्रडक्ट ‘मोनोलिथ डिजिटल फुल–बडी’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार मोनोलिथ डिजिटल डिजाइन र फुल–बडी प्रविधिको संयोजनमा आधारित छ ।

कम्पनीका प्रबन्ध निर्देशक अशुतोष खेतानले मोनोलिथमार्फत आफूहरुले प्राकृतिक ढुंगाको सुन्दरतालाई सरल र आधुनिक टायल भाषामा प्रस्तुत गराएको बताए । जसले प्रतिकूल वातावरण र दीर्घकालीन प्रयोगमा पनि आफ्नो गुणस्तर कायम राख्ने उनको भनाइ छ ।

कम्पनीका अनुसार मोनोलिथलाई आधुनिक घर तथा सार्वजनिक स्थानमा प्रयोग गर्नका लागि तयार गरिएको हो । कम्पनीले यसलाई सन्तुलित र टिकाउ टायलका रुपमा प्रस्तुत गरेको छ । यो टायलमा चूनढुङ्गा, बालुवा, खरानी, स्लेट र ज्वालामुखीय काँच (ओब्सिडियन) जस्ता प्राकृतिक तत्व मिसाइएको छ ।

सामान्यतया ग्लेज्ड टायलमा लामो समय प्रयोग गर्दा सतह घिसिँदै भित्रको फरक रङ देखिन थाल्ने समस्या देखिन्छ तर मोनोलिथ डिजिटल फुल–बडीमा उक्त समस्या नरहने कम्पनीको भनाइ छ । साथै डिजाइनमा पनि विविधता भएको कम्पनीले जनाएको छ ।

यो टायल म्याट कार्भिङ, ग्रानुलर म्याट र ग्रिट टेक्स्चुरा ब्राण्डमा उपलब्ध छन् भने नघिस्रिने, नकोरिने र नचिप्लिने जस्ता प्राविधिक  मापदण्ड पनि पूरा गरिएको छ । जसका कारण टायललाई पानी पर्ने वा भिज्ने स्थान, बाहिरी क्षेत्र तथा उच्च आवतजावत हुने ठाउँका लागि उपयुक्त मानिएको छ ।

यी टायलहरू विमानस्थल, सपिङ सेन्टर, होटल, अस्पताल र कार्यालयजस्ता सार्वजनिक स्थानका साथै घरभित्रका बैठककोठा, शौचालय, भान्सा, कौशी, पौडीपोखरीलगायतमा पनि प्रयोग गर्न सकिन्छ ।

मोनोलिथ सग्रह लमिनारले हालै एनएस ६१७ः२०८२ प्रमाणिकरण प्राप्त गरेपछि प्रडक्ट सार्वजनिक गरिएको हो । उक्त प्रमाणिकरणअनुसार लामिनारका टायल पूर्ण भिट्रिफाइड तथा राष्ट्रिय मापदण्डको उच्चतम श्रेणीमा वर्गीकृत छन् ।

नेपालको पहिलो स्वदेशी फुल–बडी टायल संग्रह ‘सेन्टो’ पछि मोनोलिथमार्फत लमिनारले डिजिटल फुल–बडी प्रविधिमा अर्को कदम अगाडि बढाएको जनाएको छ । यसअघि यस किसिमका नेपालमा उत्पादन नभएकाले आयात गर्नुपर्ने अवस्था थियो ।

एक्स्पोमा लामिनारले मोनोलिथलगायत अन्य प्रडक्ट पनि प्रदर्शन गरिरहेको छ । ४०० भन्दा बढी डिजाइन समेटिएको लामिनारका सम्पूर्ण प्रडक्ट भने काठमाडौँ लाजिम्पाटस्थित उत्तरढोकामा रहेको लामिनार एक्स्पेरियन्स सेन्टर तथा देशभरका १६० भन्दा बढी अधिकृत डिलरमा गएर अवलोकन गर्न सकिन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज

सरकारले ५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज...

पूर्वाधार विकास मन्त्रालयमा अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल

नाडाले पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेट गरेको...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं...

म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई निर्देशन दिँदै श्रमिकलाई विदेश...

ERC मा पदाधिकारी नहुँदा हाइड्रोले AGM गर्न पाएनन्, पारित बोनस पनि भएन लिस्टिङ

विद्युत नियमन आयोग (ERC ) मा पदाधिकारी नहुँदाको असर...
spot_img