Saturday, August 1, 2026
spot_img

शनिबारबाट आयल निगमको कार्यालयबाटै ग्यास पाइने

spot_img

उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो गर्न थालेपछि नेपाल आयल निगम आफैँले ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ । निगमले काठमाडौँ उपत्यकामा ग्यासको माग बढी रहेको र उपभोक्ताले सहजै नपाएको गुनासो बढेपछि शनिबारबाट आफ्नै कार्यालयबाट ग्यास बिक्री वितरण गर्न लागिएको जनाएको हो ।

निगमका अनुसार साउन १६ गतेदेखि टेकुस्थित कार्यालयबाट विभिन्न कम्पनीका ग्यास बिक्री गरिनेछ । नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर बिक्री वितरण गरिनेछ ।

निगमको कार्यालयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास पाइनेछ ।

यदि, ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र सम्पर्क गर्न पनि निगमले अनुरोध गरेको छ । निगमले हटलाइन नम्बर (०१–५९७१९०२) पनि सार्वजनिक गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

सहकारी ठगीका मुद्दा हेर्ने छुट्टै इजलास गठन गर्न प्रधानन्यायाधीश समक्ष मन्त्रीको माग

सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप...

सरकार र लघुवित्तको विरोधमा आन्दोलनरत पक्षबीच भएको ५ बुँदे सहमतिमा के छ ?

सरकार र लघुवित्त संस्थाको विरोधमा आन्दोलनरत पक्षबीच ५ बुँदे...

पुँजीगत खर्चका सम्बन्धमा अर्थ समितिमा छलफल गर्न माग

पुँजीगत खर्चको विषयमा अर्थ समितिमा छलफल गर्न माग गर्दै...

सामाजिक सद्भाव कायममा सक्रिय हुन महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले प्रदेश महासंघ र जिल्ला नगर...
spot_img