spot_img

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

spot_img

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नेशनल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

आईपीओ व्यवस्थापनसम्बन्धी सम्झौतामा साउन १४ गते दुवै संस्थाका प्रतिनिधिबीच हस्ताक्षर भएको हो। सम्झौतामा सुप्रिम वाइनको तर्फबाट अध्यक्ष रन्जिता मानन्धर र नेशनल क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्पण खनालले हस्ताक्षर गरेका छन् ।

२०७१ सालमा स्थापना भएको सुप्रिम वाइन नेपाल लिमिटेडको मुख्य कार्यालय काठमाडौंको बुढानीलकण्ठ–३ मा रहेको छ। कम्पनीले AKIRA र SUB MARINE ब्रान्डमार्फत प्रिमियम तथा फलफूलजन्य वाइन उत्पादन गर्दै नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। मदिरा, पेय पदार्थ तथा एफएमसीजी क्षेत्रमा लामो अनुभव हासिल गरेको व्यवस्थापन टोलीको नेतृत्वमा कम्पनी हाल नाफामूलक रूपमा सञ्चालन भइरहेको जनाएको छ।

कम्पनीले अब उत्पादन क्षमता विस्तारसँगै कृषि पर्यटन (Agro-Tourism) क्षेत्रमा समेत प्रवेश गर्ने रणनीति अघि सारेको छ। व्यवस्थापनका अनुसार आईपीओबाट संकलित पूँजी उत्पादन विस्तार, ब्राण्ड प्रवर्द्धन, बजार विस्तार तथा दीर्घकालीन व्यवसायिक योजनाको कार्यान्वयनमा उपयोग गरिनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३...

नदी तटीय क्षेत्रको शहरीकरण र विकास आयोजनाको मापदण्ड फेर्न सरकारलाई निर्देशन

संसदको अर्थ समितिले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम्...

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त...

भारत, चीन र अमेरिका सहित १३ देशमा राजदुत सिफारिस

आज बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा देशमा राजदूत नियुक्ति...

गभर्नर पौडेलको दस्तखत रहेको ५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा...