Friday, July 31, 2026
spot_img

रिलायबल लाइफको पूर्ण अशक्तता सुविधा अन्तर्गत हरि प्रसाद काफ्लेले पाए ५० लाख दाबी भुक्तानी

spot_img

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

बीमित काफ्लेले २०७६ सालमा कम्पनीको रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको १ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए । उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए ।

केही समयअघि बीमित काफ्लेलाई पार्किन्सन रोग देखिएको थियो । उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुरूप रहेको पुष्टि भएपछि कम्पनीले सोही सुविधाअनुसार ५० लाख दाबी रकम भुक्तानी गरेको हो । उक्त दाबी भुक्तानीसँगै उनले ५० लाख बराबरको बीमा शुल्क छुट सुविधा समेत प्राप्त गर्नु भएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भविष्यमा पनि आफ्ना ग्राहक तथा तिनका परिवारलाई आवश्यक परेको कठिन समयमा भरपर्दो आर्थिक सुरक्षा प्रदान गर्ने आफ्ना बीमा योजनाहरुलाई निरन्तर कायम राख्ने प्रतिवद्धता जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

निक्की, युरोपियन इकोनोमिक चेम्बर र बोशको आयोजनामा ‘एआई’ सम्बन्धि कार्यशाला सम्पन्न

नेपाल–भारत उद्योग वाणिज्य संघ, युरोपियन इकोनोमिक चेम्बर नेपाल तथा...

नेपाली बजारमा मोर्बिडेलीको ‘बल्क डेलिभरी’ सुरु, नाइमा एक्स्पोमा T250X सार्वजनिक हुँदै

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीको बल्क डेलिभरी सुरु भएको...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको...

सुनसरी सहितका जिल्लामा देखा परेका अशान्तिपूर्ण गतिविधिप्रति नाडाको चिन्ता

सुनसरी सहितका जिल्लामा देखा परेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम...

धादिङमा ४९ मेगावाटको सौर्य आयोजना निर्माणको तयारीमा रिन्यू होल्डिङ्स

रिन्यू होल्डिङ्सले धादिङमा ४९ मेगावाट क्षमताको सौर्य आयोजना निर्माणको...

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि ५ जनाको नाम सर्ट लिस्ट

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि ५ जनाको नाम सर्ट...
spot_img