पुँजीगत खर्चको विषयमा अर्थ समितिमा छलफल गर्न माग गर्दै प्रस्ताव दर्ता भएको छ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा यस सम्बन्धमा छलफल गर्नुपर्ने भन्दै सांसद लिमा अधिकारी आचार्यले प्रस्ताव दर्ता गराएकी हुन् ।
अर्थ समितिका सभापति डा. कृष्णहरी बुढाथोकीलाई सम्बोधन गर्दै सांसद अधिकारीले पुँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नुका कारण पहिल्याउँदै समस्या समाधानका उपाय खोज्न छलफलको अयाोजना गर्न माग गरेकी छिन् ।
वित्तीय अनुशासन र बजेटको गुणस्तरमाथि नै प्रश्न उठाएको उल्लेख गर्दै सांसद अधिकारीले राज्यको संरचनागत, कानुनी र व्यवस्थापकीय कमजोरीका सम्बन्धमा ठोस छलफल गर्नुपर्ने बताएकी छिन् ।









