Friday, July 31, 2026
spot_img

सामाजिक सद्भाव कायममा सक्रिय हुन महासंघको आग्रह

spot_img

नेपाल उद्योग वाणिज्य महासंघले प्रदेश महासंघ र जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सामाजिक सद्भाव कायममा सक्रिय हुन आग्रह गरेको छ ।

सुनसरीसहित तराईका विभिन्न क्षेत्रमा देखा परेका अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाहरू र सर्वसाधारणबीच उत्पन्न तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले सामाजिक सद्भावका लागि सक्रिय रहन लागि प्रदेश महासंघ तथा जिल्ला नगर संघहरूलाई आग्रह गरेको हो ।

महासंघले यसअघि नै वर्तमान तनावपूर्ण स्थितिलाई साम्य पार्दै शान्ति र सहिष्णुता कायम राख्नका लागि सबै पक्षलाई संयमता अपनाउन आह्वान गरिसकेको छ ।

महासंघले पुनः प्रदेश महासंघ तथा जिल्ला नगर संघहरूलाई स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरुहरू तथा स्थानीय अगुवाहरूसँग आवश्यक समन्वय गरी शान्ति र भाइचारा कायम राख्ने काममा सक्रिय पहल गर्न आग्रह गरेको हो ।

महासंघले परिस्थिति अनुसार स्थानीय प्रशासनको अनुमतिमा आवश्यकता हेरी सद्भाव र्‍याली आयोजना गरी शान्ति र सद्भावको वातावरण बनाउन पनि अपिल गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

निक्की, युरोपियन इकोनोमिक चेम्बर र बोशको आयोजनामा ‘एआई’ सम्बन्धि कार्यशाला सम्पन्न

नेपाल–भारत उद्योग वाणिज्य संघ, युरोपियन इकोनोमिक चेम्बर नेपाल तथा...

नेपाली बजारमा मोर्बिडेलीको ‘बल्क डेलिभरी’ सुरु, नाइमा एक्स्पोमा T250X सार्वजनिक हुँदै

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीको बल्क डेलिभरी सुरु भएको...

रिलायबल लाइफको पूर्ण अशक्तता सुविधा अन्तर्गत हरि प्रसाद काफ्लेले पाए ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको...

सुनसरी सहितका जिल्लामा देखा परेका अशान्तिपूर्ण गतिविधिप्रति नाडाको चिन्ता

सुनसरी सहितका जिल्लामा देखा परेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम...

धादिङमा ४९ मेगावाटको सौर्य आयोजना निर्माणको तयारीमा रिन्यू होल्डिङ्स

रिन्यू होल्डिङ्सले धादिङमा ४९ मेगावाट क्षमताको सौर्य आयोजना निर्माणको...
spot_img