Sunday, August 2, 2026
spot_img

५१.८४ प्रतिशतले बढ्यो साहस उर्जाको खुदनाफा, ईपीएस २९.७२ रुपैयाँ

spot_img

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ५१.८४ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले १ अर्ब ३५ करोड ९१ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ८९ लाख ५१ लाख थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी २ अर्ब ६४ करोडबाट बढेर २ अर्ब ८४ करोड पुगेको छ । यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी वापत ३ करोड १० लाख आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको ब्याज खर्च ८० करोड २१ लाखबाट घटेर ५७ करोड ७५ लाख मात्र कायम भएको छ।

कम्पनीको चुक्ता पुंजी ४ अर्ब ५७ करोड रहेको छ भने रिजर्भमा ३ अर्ब ६८ करोड रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २९ रुपैयाँ ७२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १८० रुपैयाँ ५८ पैसा रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...

हरेक दिन एक जनालाई लखपति बनाउने ‘करदाता प्रोत्साहन पोर्टल’ सञ्चालनमा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

शनिबारबाट आयल निगमको कार्यालयबाटै ग्यास पाइने

उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो गर्न थालेपछि नेपाल आयल...
spot_img