काठमाडौँको न्यूरोडस्थित खिचापोखरीमा अवस्थित ह्वाईट फेदर्स ज्वलेरीले ‘नयाँ वर्ष २०२६ अफर योजना’ सञ्चालनमा ल्याएको छ। अंग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा ज्वेलरीले छुट सहितका अफर स्किम ल्याएको हो ।
यस अफर योजना अन्तर्गत ग्राहकहरुले ह्वाईट फेदर्स ज्वलेरीबाट गहना खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत हिराका गरहगहना खरिदमा ५५ प्रतिशतको भारी छुट पाइनेछ ।
त्यस्तै, चाँदीका केही गहना खरिदमा ज्याला र जर्तीको शुल्क लाग्ने छैन । अर्थात्, चाँदीका विभिन्न गरगहना किन्दा अफर अवधिभर ज्याला र जर्ती फ्री गरिएको छ ।
यसैगरी, हरेक दिन १५ जना ग्राहकलाई १४ क्यारेट सुनको फूली १० रुपैयाँमै उपलब्ध गराइनेछ । आफ्ना २ वटा आउटलेट, टिकटक, फेसबुक पेज जस्ता सामाजिक सञ्जाल प्लेटफर्मबाट अर्डर गरेर सामान किनेका ग्राहकमध्येबाट हरेक दिन १५ जनालाई १४ क्यारेट सुनको फूली १० रुपैयाँमै उपलब्ध गराइनेछ ।
ज्वेलरीका सञ्चलक स्किनर रसाइलीका अनुसार ग्राहकले यस अफर योजना अन्तर्गत गरगहना खरिद गर्ने आफ्नो चाहना पूरा गर्न सक्नेछन् । अहिले मूल्य बढिरहेको समयमा यस अफर योजनाले ग्राहकहरुका लागि गहना खरिदमा सहयोग पुग्ने विश्वास लिइएको उनको भनाइ छ ।










