आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३५ हजार ७ सय ७० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार १ सय ५० रुपैयाँ ५० पैसा तोकिएको छ ।










