बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ३८.२७ प्रतिशतले बढेर ११ करोड २० लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ८ करोड १० लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी २४ करोड ६४ लाखबाट बढेर २७ करोड ७६ लाख पुगेको छ। यस अवधिमा कम्पनीको ब्याज खर्च ६ करोड ८६ लाखबाट घटेर ६ करोड २३ लाख लाख कायम भएको छ । विद्युत बिक्रीको आम्दानी बढेर तथा ब्याज खर्च घटेको कारण कम्पनीको खुद नाफा बढेको देखिन्छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९.९२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२३ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।












