Tuesday, March 17, 2026
spot_img

माउन्टेन इनर्जीको विद्युत बिक्रीको आम्दानीसँगै नाफा पनि बढ्यो, ईपीएस १७.३४ रुपैयाँ

spot_img
spot_img

माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १४.५८ प्रतिशतले बढेर ९१ करोड ४४ लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७९ करोड ८१ लाख थियो । कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ।

यस अवधिमा कम्पनीको खुद नाफा पनि बढेको छ। कम्पनीको खुद नाफा ५.७४ प्रतिशतले बढेर ५४ करोड १४ लाख पुगेको छ।  अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५१ करोड २० लाख रुपैयाँ थियो।

यस अवधिमा कम्पनीले बीमा दाबीको ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ। कम्पनीको संचालन मुनाफा ६४ करोड ९६ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको ब्याज खर्च १२ करोड ४० लाखबाट घटेर ११ करोड १५ लाख कायम भएको छ।   कम्पनीको कर अगाडीको नाफा भने ५५  करोड ५८ लाख रहेको छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा १ अर्ब ३३ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड थियो। कम्पनीले आर्थिक वर्ष २०८१/८२ बाट २० प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७.३४ रुपैयाँ रहेको छ। २० प्रतिशतले पुँजी बढ्दा पनि कम्पनीले १७.३४ रुपैयाँको ईपीएस कायम गर्न सफल भएको छ।  कम्पनीको प्रति शेयर नेटवर्थ १४२ रुपैयाँ ६८ पैसा रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

७८ वर्षीय केसीले गराउनेछन् नव निर्वाचित सांसदहरुलाई सपथ

यस पटक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी हुने...

 मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यी हुन् समानुपातिकबाट सांसद बन्ने ११० जना, ५ गते प्रमाणपत्र वितरण हुने

निर्वाचन आयोगले  प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ विजयी...

विद्युत प्राधिकरणका ४ जना निर्देशकहरु उप कार्यकारी निर्देशकमा बढुवा सिफारिस

नेपाल विद्युत प्राधिकरणका ४ जना निर्देशकहरु उप कार्यकारी निर्देशकमा...

इरानले पहिलो पटक हान्यो ‘डान्सिङ मिसाइल’, तनावमा इजरायल र अमेरिका

इजरायल र अमेरिकासँगको चलिरहेको युद्धमा ईरानले आइतबार आफ्नो उन्नत...

आज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर...
spot_img