सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीले १९ करोड ६९ लाख २५ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १४ करोड २८ लाख थियो। कम्पनीको नाफा ३७.८२ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४३ करोड ६७ लाखबाट बढेर ४५ करोड ४४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको संचालन आम्दानी ४२ करोड ७९ लाखबाट बढेर ४४ करोड ४९ लाख पुगेको छ। कम्पनीको ब्याज खर्च १४ करोड ६६ लाखबाट घटेर १० करोड ३१ लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको तथा ब्याज खर्च घटेकोले कम्पनीको खुद नाफा बढेको देखिन्छ ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी १३.५८ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ ११५.३० रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रहेको छ भने शेयर प्रिमियममा २५ करोड ११ लाख रहेको छ। कम्पनीको दिर्घकालिन ऋण भने २ अर्ब ६६ करोड रहेको छ।
यस कम्पनीले दोलखाको सिंगटी खोलाको पानी उपयोग गरी २५ मेगावाट क्षमताको जलविद्युत आयोजना सफलता पुर्वक निर्माण सम्पन्न गरी २०७८ साल श्रावण १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरि राष्ट्रिय ग्रीडमा बिक्री गरीरहेको छ । कम्पनीले अर्बिट इनर्जीमा पनि लगानी गरेको छ। अर्बिट इनर्जीले संखुवासभामा ४.१९६ मेगावाटको सभा खोला सी र १५.१ मेगावाटको सभा खोला बी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सिंगटीले ह्याबीट्याट पावरमा पनि लगानी गरेको छ जसले ५ मेगावाट क्षमताको हेवा ए साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
सिंगटी हाइड्रोका प्रबन्ध संचालक सुदिप खड्का हुन् ।












