क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ६३८.७९ प्रतिशतले बढेको छ।
यस अवधिमा कम्पनीले १ करोड ५ लाख ३३ हजार रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १४ लाख २६ हजार मात्र थियो ।
यस अवधिमा कम्पनीको प्रिमियम संकलन ४ करोड ८१ लाखबाट बढेर २३ करोड ६३ लाख पुगेको छ। कम्पनीको खुद प्रिमियम संकलन ४ करोड ३४ लाखबाट बढेर १९ करोड ४१ लाख पुगेको छ।
कम्पनीको चुक्ता पुँजी ७५ करोड रहेको छ भने रिजर्भमा १ करोड २२ लाख रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १ रुपैयाँ ८७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १०२ रुपैयाँ ८८ पैसा रहेको छ।