Tuesday, August 4, 2026
spot_img

‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

spot_img

मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन २०२६ ’मा बढ्दो बाँदर आतंकबाट किसानका बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने इनोभिजासमूह विजेता बनेको छ ।

‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित शनिबार र आइतबार काठमाडौंको मिड–भ्याली इन्टरनेसनल कलेजमा आयोजित ह्याकाथनमा सनवे कलेजका विद्यार्थी समृद्धि डुम्रे, ग्रिस्मा कार्की, प्राची मगर र प्रिन्स केसी सम्मिलित चार सदस्यीय ‘इनोभिजन’ समूहले ग्रान्ड प्राइज जित्दै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।

ग्रामीण क्षेत्रमा पछिल्लो समय बढ्दै गएको बाँदर आतंकका कारण किसानले भोगिरहेको समस्या समाधान गर्ने उद्देश्यले समूहले प्रविधिमा आधारित समाधान प्रस्तुत गरेको थियो ।

त्यस्तै, यातायात क्षेत्रलाई डिजिटल प्रविधिमार्फत व्यवस्थित बनाउने अवधारणा प्रस्तुत गरेको मिड–भ्याली इन्टरनेसनल कलेजका विद्यार्थी सम्मिलित ‘सेन्टिनाज’ समूह रनरअप बनेको छ । शिशिर न्यौपाने, स्वीकृति तिमिल्सिना र आदित्य भण्डारी सम्मिलित समूहले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

मिड–भ्याली इन्टरनेसनल कलेजको आयोजनामा भएको ह्याकाथनमा २१ वटा बहुविषयगत टोलीमा विभाजित ६० भन्दा बढी युवाको सहभागिता थियो । १६ देखि २४ वर्ष उमेर समूहका सहभागीले एआई, इन्टरनेट अफ थिङ्स, रोबोटिक्स तथा क्लाउड प्रविधिको प्रयोग गर्दै नेपालका वास्तविक समस्या समाधानमा केन्द्रित कार्यात्मक नमुना तथा न्यूनतम व्यवहार्य उत्पादन तयार गरेका थिए ।

ह्याकाथनमा स्मार्ट सिटी, स्मार्ट कृषि, शिक्षा तथा सिकाइ, पर्यटन तथा सम्पदा, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्र गरी छवटा विषयगत क्षेत्रमा नवीन समाधान विकास गर्न सहभागी टोलीबीच प्रतिस्पर्धा भएको थियो ।

मिड–भ्याली इन्टरनेसनल कलेजकी प्रबन्ध निर्देशक रीतल राणाले ह्याकाथनमा सहभागी सबै विद्यार्थीलाई धन्यवाद दिँदै पछिल्लो समय नयाँ–नयाँ प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको बताइन् । उनले विद्यार्थीमा नयाँ विचार भए पनि त्यसलाई प्रस्तुत गर्न नसक्दा त्यसको प्रभाव सीमित हुने भन्दै यस्ता कार्यक्रममार्फत आफ्ना विचार र सिर्जनशीलता सार्वजनिक गर्नुपर्ने बताएकी छिन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

४१४.७९ प्रतिशतले बढ्यो माण्डु हाइड्रोपावरको नाफा, ईपीएस २३.३६ रुपैयाँ

माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

नियमन आयोगद्वारा बोनस पूर्व स्वीकृति व्यवस्थामा संशोधन, हाइड्रो कम्पनीलाई राहत

विद्युत नियमन आयोगले कम्पनीहरुको बोनस शेयरको पूर्वस्वीकृति समबन्धि व्यवस्थामा...

५०५ किलोमिटर रेन्ज दिने लिपमोटर ‘बी०३एक्स’ नेपालमा, मूल्य कति ?

प्रिमियम इलेक्ट्रिक एसयूभी ‘लिपमोटर बी०३एक्स’ नेपाल आइपुगेको छ ।...

यात्रुको मृत्यु भएमा १ लाख डलर क्षतिपुर्ति, ब्यागेज हराए ५०० डलरसम्म पाइने

आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीहरुलाई थप जिम्मेवार बनाउने उदेश्यले...

वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी...

नबिल बैंकको ‘एजुकेशन हब’ सञ्चालनमा, के के दिन्छ सेवा?

नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’...
spot_img