Monday, August 3, 2026
spot_img

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने

spot_img

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने भएका छन्। दुई संस्थाबीच साउन १८ गते मर्जर सम्झौतामा हस्ताक्षर भएको हो।

सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सञ्जीवनी लघुवित्तको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा रहेको छ ।

सञ्जीवनी लघुवित्त साविकको सुपर लघुवित्त  हो । नेपाल राष्ट्र बैंकले २०७९ भदौ २२ गते साविकको सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेर माघमा व्यवस्थापन नियन्त्रणमा लिएको थियो। २०८० भदौ मा राष्ट्र बैंकले सो लघुवित्तको व्यवस्थापन सम्हाल्नको लागि व्यवस्थापन समूहको संयोजक र सदस्य नियुक्त गरेको थियो ।  जसमा निर्मल कुमार कार्की संयोजक र सदस्यमा शेष नारायण पोखरेल चयन भएका थिए। कार्की नेतृत्वको सो टिमले सफलतापूर्वक लघुवित्तलाई समस्याग्रस्तबाट बाहिर निकालेको हो । राष्ट्र बैंकको २०८२ चैत्र ५ गते बसेको संचालक समितिको बैठकले संस्थालाई समस्याग्रस्तबाट हटाई नियमित वित्तिय कारोबार गर्न अनुमति दिएको थियो।

हाल सञ्जीवनी लघुवित्तमा प्रभु बैंक, शंग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, फर्स्ट माइक्रोफाइनान्स र आरएसडिसी लघुवित्तले लगानी गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सिम्रिक एयरलाई पोखरामा पूर्णकालिन ‘स्काई डाइभ’को अनुमति

सिम्रिक एयरले पोखरामा पूर्णकालिन स्काई डाइभको अनुमति पाएको छ...

‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन...

सुनचाँदीको भाउ बढ्यो

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

१०३६ प्रतिशतले बढ्यो महुली लघुवित्तको खुदनाफा, लाभांश क्षमता ४२.५८ प्रतिशत

महुली लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

४९.१८ प्रतिशतले बढ्यो हिमालयन लघुवित्तको खुदनाफा, लाभाश क्षमता २७.१३ प्रतिशत

हिमालयन लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

FIFA अध्यक्षलाई राजीनामा दिन UEFA को दबाब, अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोमाथि...
spot_img