आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४३ हजार ४ सय ८५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ३० रुपैयाँ तोकिएको छ ।









