Tuesday, August 4, 2026
spot_img

टेकुमा बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन सम्झौता

spot_img

काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका बिच सम्झौता भएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोलको वैठक कक्षमा उनकै रोहवरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहरमा उत्पादन भएको जैविक फोहर व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सम्झौता गरिएको हो ।‘सहरमा उत्पादन हुने जैविक फोहरको दिगो व्यवस्थापनका लागि प्रविधिको प्रयोग बढाउने लक्ष्यसहित सम्झौता भएको छ । यो लक्ष्यमा पुग्न निर्धारित समयभित्रै काम पूरा हुने आशा राखेकी छु ।’ सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘पुनःस्थापना गर्नु मात्र महत्वपूर्ण उपलब्धि होइन । यसको दिगो सञ्चालन गर्नु र यसलाई सिकाइका रुपमा विस्तार गर्नु चाहिँ उपलब्धि हो । यो योजना सफल बनाएर सहरमा उत्पादन भएको फोहरलाई दिगो व्यवस्थापनको प्रणालीमा हाम्रो प्रयास जारी छ ।’

त्यस क्रममा केन्द्रका कार्यकारी निर्देशक ढकालले भने , ‘प्लान्ट सञ्चालन गर्न आवश्यक उपकरण, सामग्री तथा प्राविधिक सेवाबाट सञ्चालनमा ल्याउनेछौँ । यसको अनुगमन र सुपरीवेक्षणपछि महानगरपालिकालाई हस्तान्तरण गर्नेछौँ ।’ उनले सहकार्यको क्षेत्रका विषयमा कुरा गर्दै भने, ‘हरित जलवायु कोष अन्तर्गतका कार्यक्रममा महानगरपालिका र केन्द्र बिच सहकार्य हुन सक्छ ।’

यो प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहर व्यवस्थापन परियोजना अन्तर्गत २०७२ मा निर्माण सुरु गरेर २०७५ सालबाट सञ्चालन थालिएको थियो । यो प्लान्ट सञ्चालन गर्दा दैनिक ३ मेट्रिक टन जैविक फोहरबाट १४ किलोवाट विजुली, ३ सय किलोग्राम जैविक मल, १३ हजार ५ सय लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । यसका लागि महानगरपालिका र युरोपियन युनियनले १ करोड ८२ लाख रुपियाँ लगानी गरेका थिए ।

प्राविधिक कारणले बिचमा सञ्चालन हुन नसकेको परियोजनालाई पुनः दिगो सञ्चालनमा ल्याउन गरिएको सम्झौता अनुसार महानगरपालिकाले प्लान्टको दीर्घकालीन सञ्चालन तथा मर्मत सम्भारका लागि आवश्यक बजेट व्यवस्थापन गर्नेछ । यस्तै, प्लान्ट सञ्चालनका लागि योग्य जनशक्ति वा सञ्चालक छनोट गरी व्यावसायिक मोडलमा लैजाने, पुनःस्थापना पश्चात् संरचनाको पूर्ण स्वामित्व ग्रहण गर्ने गरी वातावरणमैत्री सञ्चालन सुनिश्चित गर्ने, फोहरलाई स्रोतका रूपमा प्रयोग गरी बायो ग्याँस र जैविक मल उत्पादनमार्फत ‘चक्रीय अर्थतन्त्र’ (सर्कुलर इकोनोमी) मा योगदान पु¥याउने जिम्मेवारी महानगरपालिकाको हुनेछ ।

परियोजना पुनरुत्थानका लागि केन्द्रले प्लान्टको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ । उपकरण खरिद, जडान र परीक्षणको काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

प्लान्ट सञ्चालनका लागि दायित्व यकिन गर्न महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र केन्द्र बिच पटक पटक छलफल भएको थियो । साउन १४ गते कार्यवाहक प्रमुख डंगोल र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ बिच अन्तर सरकार समन्वय र सहकार्यका विषयमा भएको कुराकानीमा वेस्ट टु इनर्जी परियोजना सञ्चालनमा सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो ।

काठमाडौँ महानगरपालिकाले यस परियोजनालाई केवल फोहर व्यवस्थापनमा मात्र सीमित नराखी सार्वजनिक–निजी साझेदारी कार्यक्रम अन्तर्गत व्यावसायिक रूपमा सफल बनाउने योजना अघि सारेको छ । यसबाट कुहिने फोहरको दिगो व्यवस्थापनका लागि प्रविधिको प्रयोग बढ्नेछ । बञ्चरे डाँडामा पुग्ने फोहरको मात्रा घट्नेछ । यससँगै फोहरबाट आम्दानी बढ्नेछ । यसबाट उत्पादित ऊर्जा र मलले सहरको सरसफाइ र वातावरणीय सन्तुलनमा ठुलो टेवा पुग्ने महानगरको विश्वास छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र...

शेयरबजार सुधार योजना कार्यान्वयनका लागि समन्वय समिति गठन

नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका...

बीमा क्षेत्रमा NFRS 17 कार्यान्वयनबारे लेखामान बोर्ड र बीमा प्राधिकरणबीच छलफल 

नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल...

थपिँदै ‘मेची क्राउन’को प्रतिस्पर्धी, होटल इस्टर्नले खोस्ला बिजनेश ?

झापास्थित होटल ‘मेची क्राउन’ले अहिले त्यस क्षेत्रमा आफ्नो दबदबा...

समस्याग्रस्त सहकारीका थप ३४१ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका...

‘एक महिनाका लागि पुग्ने ग्यास छ भने लाइन नबसिदिनु’

एलपी ग्यास उद्योग संघले एक महिनाका लागि पुग्ने ग्यास...
spot_img