महुली लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १०३६.४६ प्रतिशतले बढेर १९ करोड ३२ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३९.७४ प्रतिशतले बढेर ४९ करोड ७४ लाख पुगेको छ। कम्पनीको संचालन नाफा ११३५ प्रतिशतले बढेर २७ करोड ६१ लाख पुगेको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १६ करोड ५० लाख रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा ४२.५८ रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी ४९ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २२७.९१ रुपैयाँ रहेको छ।
३८ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा ४९ करोड ५६ लाख रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ९.८० प्रतिशत रहेको छ।









