Sunday, March 15, 2026
spot_img

ग्लोबल इक्विटी फण्डको विशेष साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने

spot_img
spot_img

ग्लोबल इक्विटी फण्डले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले २०८१ असार ७ गते सानेपामा साधारणसभा आह्वान गरेको हो ।

साधारण सभामा हकप्रद निष्काशन सहितका विविधि प्रस्ताव पेश हुने छन् । साधारणसभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पेश हुने छन्। त्यस्तै कम्पनीको हकप्रद शेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पेश हुने छ।

साथै संचालकहरुको नियुक्ति अनुमोदन गर्ने, कम्पनी ऐनको दफा ९३ बमोजिम संचालकहरुको संलग्नता रहेको कम्पनीसँगको कारोबारको स्वीकृती प्रदान गर्ने र  कम्पनी ऐन, २०६३ को दफा ६० बमोजिमको रणनिती पेश गर्ने प्रस्ताव पनि पेश हुने छन् ।

ग्लोबल इक्विटी फण्ड नेपाल दितोपत्र बोर्डको विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम भेन्चर क्यापिटलको लाईसेन्स पाउने पहिलो संस्था हो । फण्डले प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल व्यवसाय सञ्चालनको इजाजतपत्र पाएको हो।

हाल ग्लोबल इक्विटी फण्डले ’नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्ड’ संचालन गरिरहेको छ। यस फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी रहेको छ। त्यस्तै ग्लोबल इक्विटी फण्डले  ’नेपाल वोमेन ग्रोथ इक्विटी फण्ड’  संचालन गरिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सानिगाड हाइड्रोले चैत्र ८ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

सानिगाड हाइड्रो लिमिटेडले चैत्र ८ गतेदेखि पहिलो चरणको आईपीओ...

तोलामा ४८ सयले सस्तियो सुन, चाँदीको भाउमा पनि गिरावट

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

स्थानीयले कालिन्चोक हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा...

हकप्रद निष्काशनको लागि राप्ती हाइड्रोले चयन गर्यो बिक्री प्रबन्धक

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद निष्काशनको लागि...

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा

सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन २९...

स्थानीयले एपोलो हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा...
spot_img