नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनाको बैंक तथा वित्तीय संस्थाको मासिक तथ्यांक प्रकाशन गरेको छ । राष्ट्र बैंकले २०८२ साउन देखि २०८२ माघसम्मको अवधिको बैंक तथा वित्तीय संस्थाको विभिन्न विवरण र सूचक प्रकाशन गरेको छ ।
प्रकाशित विवरण अनुसार यस अवधिको खुद नाफामा कतिपय वाणिज्य बैंक भन्दा विकास बैंकहरु अगाडि देखिएको छ । यस अवधिमा लक्ष्मी सनराइज बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् २४ करोड २७ लाख रहेको छ। त्यस्तै एनआईसी एशिया बैंकले ४४ करोड ३० लाख खुद नाफा कमाउँदा सिटिजन्स बैंकले ५७ करोड ६९ लाख खुद नाफा कमाएका छन् । तर यी बैंकको भन्दा कतिपय राष्ट्रिय स्तरको विकास बैंकहरुको नाफा धेरै देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो ७ महिनामा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै ८२ करोड १५ लाख खुद नाफा कमाएको छ। त्यस्तै गरिमा विकास बैंकले ७७ करोड ९४ लाख , तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५१ करोड ८२ लाख खुद नाफा कमाएको छ। कामना सेवा विकास बैंकले ४७ करोड ६० लाख, शांग्रिला डेभलपमेन्ट बैंकले ३५ करोड ७६ लाख, ज्योति विकास बैंकले ३८ करोड ५६ लाख, महालक्ष्मी विकास बैंकले २८ करोड ३४ लाख तथा लुम्बिनी विकास बैंकले २६ करोड ४८ लाख खुद नाफा कमाएको छ । राष्ट्रिय स्तरका विकास बैंकतर्फ लुम्बिनी खुद नाफा सबैभन्दा कम हो । तर लक्ष्मी सनराइज बैंकको खुद नाफा भने लुम्बिनीको भन्दा पनि कम अर्थात् २४ करोड २७ लाख मात्र रहेको छ ।
हेर्नुस् खुद नाफाको आधारमा गरिएको तुलनात्मक विवरण














