Tuesday, August 11, 2026
spot_img

कस्तुरी फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने

spot_img

कस्तुरी फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । विगत १३ वर्षदेखि औषधि उत्पादन गरि रहेको यस कम्पनीले सर्वसाधारणको लागि १६ करोड मूल्य बराबरका १६ लाख कित्ता सेयर जारी गर्न लागेको हो ।

यहि चैत्र मासान्त भित्र आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिन लागेको कम्पनीले बिक्री प्रबन्धकमा रिलायवल क्यापिटल इनभेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडलाई नियुक्त गरेको छ । आईपीओ जारीपश्चात कम्पनीको कुल चुक्ता पुँजी ८० करोड पुग्नेछ ।

विगतमा कम्पनीले मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गरेको र आगामि दिनमा समेत लाभांश वितरण गर्ने लक्ष्य लिएको छ । कम्पनीको हालको प्रतिसेयर नेटवर्थ (पौष मसान्त) १२९.९३ रुपैयाँ रहेको जनाइएको छ । सोबोनका लाथि आवश्यक वास्तविक नेटवर्थ ९२.०५ रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको अन्त्यसम्म उक्त वास्तविक नेटवर्थ ११२.८१ रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीले विगतमा लिइएको कर्जा भूक्तानी गर्दै घटाउने क्रममा अब २४ करोड रुपैयाँ मात्रै बाँकी रहेको पनि जनाएको छ ।

यस कम्पनीका कार्यकारी अध्यक्ष प्रवेक खनाल र प्रबन्ध निर्देशक इश्वर भण्डारी ३ दशकदेखि यस क्षेत्रमा आवद्ध रहेका अनुभवि व्यवसायिहरु हुन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘गरिमा सुवर्ण योजना’ को इकाई आजदेखि खरिद बिक्री गर्न सकिने, SIP योजना सुरु

गरिमा क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना “गरिमा...

तोलामै ६४ सयले बढ्यो सुनको भाउ

आज मंगलबार  सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त मर्ज हुने

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र महिला लघुवित्त मर्ज हुने भएका...

२९ प्रतिशतले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा, ईपीएस २५.५२ रुपैयाँ 

माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत...

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...
spot_img

This will close in 0 seconds