Tuesday, August 11, 2026
spot_img

स्थानीयले एपोलो हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

spot_img

एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज चैत्र १ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि  आयोजना प्रभावित ओखलढुंगा र रामेछापका जिल्लाका स्थानीयलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले स्थानीयलाई ४ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको छ। जस मध्ये २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गा.पा. वडा नं. ७ र ८ का स्थानीयलाई निष्काशन गरिएको छ। त्यस्तै १ लाख ४१ हजार कित्ता शेयर मध्यम प्रभावित क्षेत्र अर्थात सोलुखम्बु जिल्ला लिखुपिके गा.पा. वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गा.पा. वडा नं. ३ का स्थानीयलाई निष्काशन गरिएको छ। ९४ हजार कित्ता शेयर भने न्युन प्रभावित क्षेत्र अर्थात रामेछाप जिल्ला उमाकुण्ड गा.पा. वडा नं. २ र गोकुलगंगा गा.पा. वडा नं. १ का स्थानीयलाई निष्काशन गरिएको छ।

यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ४७ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले कुल १४ करोड  १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीको अध्यक्ष आङ तेन्जी शेर्पा हुन् भने अन्य संचालकमा डिल्ली बहादुर गुरुङ, रेनुका गुरुङ, धन बहादुर बस्नेत, राजेन्द्र गुरुङ, रोजेन कुमार श्रेष्ठ र स्वतन्त्र संचालकमा विष्णु प्रसाद अधिकारी रहेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘गरिमा सुवर्ण योजना’ को इकाई आजदेखि खरिद बिक्री गर्न सकिने, SIP योजना सुरु

गरिमा क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना “गरिमा...

तोलामै ६४ सयले बढ्यो सुनको भाउ

आज मंगलबार  सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त मर्ज हुने

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र महिला लघुवित्त मर्ज हुने भएका...

२९ प्रतिशतले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा, ईपीएस २५.५२ रुपैयाँ 

माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत...

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...
spot_img

This will close in 0 seconds