Wednesday, July 1, 2026
spot_img

महासंघको एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डेले उम्मेदवारी दिने

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा उद्योगी प्रबलजंग पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । चैत २८–२९ मा हुने महासंघको साधारणसभा तथा निर्वाचनमा उद्योगी पाण्डेले एसोसियट उपाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् ।

३ कार्यकाल महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्य भइसकेका उनी लोमस ग्रुपका सञ्चालक हुन् । औषधी, सिमेन्ट, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा उनी लगानीकर्ताका रुपमा आवद्ध छन् । उनी अहिले सिटिजन्स बैंकको अध्यक्ष छन् ।

पाण्डे महासंघका पूर्व अध्यक्ष प्रदीपजंगका छोरा हुन् । करिब १ दशकदेखि महासंघको आन्तरिक समिकरणमा सक्रिय रहेका उनी काबिल र व्यवस्थापकीय जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने व्यक्तित्वका रुपमा चिनिन्छन् ।

औद्योगिक र व्यवसायिक क्षेत्रको वृहत्तर उन्नयन र ति क्षेत्रले भोगिरहेका समस्याहरु समाधानमा सरकारलाई ‘स्ट्रङ लबिङ’ गर्नका लागि आफूले एसोसियट उपाध्यक्षमा उम्मेदवारी दिन लागेको पाण्डेले बताएका छन् । उनले अब नेपालमा ‘दोस्रो चरणको आर्थिक सुधार’ आवश्यक रहेको भन्दै यस विषय नीति निर्माताहरुलाई बुझाउन आवश्यक रहेको बताएका छन् ।

उनले एसोसियटतर्फ काबिल र ऊर्जाशील व्यवसायीहरुको टिम तयार गरिसकेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img