ग्लोबल इक्विटी फण्डले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले २०८१ असार ७ गते सानेपामा साधारणसभा आह्वान गरेको हो ।
साधारण सभामा हकप्रद निष्काशन सहितका विविधि प्रस्ताव पेश हुने छन् । साधारणसभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पेश हुने छन्। त्यस्तै कम्पनीको हकप्रद शेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पेश हुने छ।
साथै संचालकहरुको नियुक्ति अनुमोदन गर्ने, कम्पनी ऐनको दफा ९३ बमोजिम संचालकहरुको संलग्नता रहेको कम्पनीसँगको कारोबारको स्वीकृती प्रदान गर्ने र कम्पनी ऐन, २०६३ को दफा ६० बमोजिमको रणनिती पेश गर्ने प्रस्ताव पनि पेश हुने छन् ।
ग्लोबल इक्विटी फण्ड नेपाल दितोपत्र बोर्डको विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम भेन्चर क्यापिटलको लाईसेन्स पाउने पहिलो संस्था हो । फण्डले प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल व्यवसाय सञ्चालनको इजाजतपत्र पाएको हो।
हाल ग्लोबल इक्विटी फण्डले ’नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्ड’ संचालन गरिरहेको छ। यस फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी रहेको छ। त्यस्तै ग्लोबल इक्विटी फण्डले ’नेपाल वोमेन ग्रोथ इक्विटी फण्ड’ संचालन गरिरहेको छ ।