Monday, August 10, 2026
spot_img

सानिगाड हाइड्रोले चैत्र ८ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

spot_img

सानिगाड हाइड्रो लिमिटेडले चैत्र ८ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित बझाङ जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले स्थानीयलाई २८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ। यस निष्काशनमा बझाङ जिल्लाको बुङ्गल नगरपालिकाका स्थानीयले आवेदन दिन सक्ने छन्।  सो नगरपालिकाको वडाहरु १ , २ र ४ अति प्रभावित स्थानीय रुपमा रहेका छन्  । उनीहरुलाई कुल १८ लाख ५२ हजार कित्ता छुट्याईएको छ। सो नगरपालिकाका बाँकि वडाका स्थानीय प्रभवित क्षेत्रको रुपमा रहेका छन्, उनीहरुलाई ९ लाख ९७ हजार ५ सय कित्ता शेयर छुट्याईएको छ ।

स्थानीयले आवेदन दिंदा  न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा चैत्र २२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख ७ गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा चैत्र ११ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।   

नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। अब कम्पनीले कुल २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले बझांगमा  ३४.४६ मेगावाटको अपर कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष उमेश श्रेष्ठ हुन् भने अन्य संचालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा,  शिव प्रसाद घिमिरे, र तिर्थ राज चटौत रहेका छन् । कम्पनी सचिवको रुपमा प्रमोद आचार्य रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बहुराष्ट्रिय २० ठूला करदातासँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

पञ्चकन्या माई हाइड्रोको नाफा ६.६७ करोड, ईपीएस ६.०७ रुपैयाँ

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो...

सुनको भाउमा झिनो गिरावट, महँगियो चाँदी

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

नाइमा मोबिलिटी एक्स्पो भोलीदेखि

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि १८औँ ‘नाडा अटो शो’, २०० स्टल रहने

स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली...

एलपी ग्यास उद्योग संघले भन्यो, ‘ग्यासको अभाव हुँदैन, आयात १५ प्रतिशतले बढेको छ’

नेपाल एलपी ग्यास उद्योग संघले अहिले ग्यास आयात बढिरहेको...
spot_img