Saturday, May 2, 2026
spot_img
spot_img

स्थानीयले कालिन्चोक हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

spot_img
spot_img

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज चैत्र १ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले फागुन १३ गतेदेखि  आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयलाई ५ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो।

यस निष्काशनमा दोलखाको बिगु गाउँपालिका वडा नम्बर ८ का स्थानीय, कालिन्चोक गाउँपालिका वडा नम्बर २ र ३ का स्थानीयले आवेदन दिन सक्ने छन् । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ। 

नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।  यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको सोरुन खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८३ प्रतिशत कार्य सम्पन्न भएको छ ।

यस कम्पनीकी अध्यक्ष इन्दिरा पन्त हुन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img