राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।
कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १:०.४६६१ को अनुपातमा ४६.६१ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो। कम्पनीले पुस २९ गतेको साधारणससभाबाट हकप्रद प्रस्ताव पारित गरिसकेको छ ।
कम्पनीले यस अघि गत असारमा १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गरेको थियो। एक वर्षपनि नबित्दै कम्पनीले फेरि हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।













