Tuesday, August 25, 2026
spot_img
spot_img

मोघा इनफ्राब्लाक्सले पायो पीईभीसीको लाईसेन्स, नवीकरणीय उर्जामा लगानी गर्ने

spot_img

मोघा इनफ्राब्लाक्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्विटी भेन्चर क्यापिटलको रुपमा कार्य गर्ने लाईसेन्स पाएको छ। धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ मा भएको व्यवस्था अनुसार बोर्डले कम्पनीलाई पीईभीसीको लाईसेन्स दिएको हो ।

यस कम्पनीले जलविद्युत तथा सोलार जस्ता नवीकरणीय उर्जाको क्षेत्रमा मात्र लगानी गर्ने बताएको छ। यसले सिंगापुरबाट र नेपाल भित्रबाट पनि फण्ड जुटाउने योजना बनाएको छ।

यस कम्पनीमा मोघा इनर्जीको मुख्य लगानी रहेको छ। मोघा इनर्जीले रामेछापमा ५१ मेगावाटको लिखु ए, ७७  मेगावाटको लिखु १ , र ५५ मेगावाको लिखु २ जलविद्युत आयोजनामा लगानी गरेको छ। तिनवटै आयोजनाबाट विद्युत उत्पादन सुरु भईसकेको छ। मोघा इनर्जीको अध्यक्ष समर्थ मोघा हुन् । उनी एमभी दुगड ग्रुपका जलविद्युत आयोजनाहरुमा नेतृत्वदायी भूमिकामा पनि थिए ।

त्यस्तै धितोपत्र बोर्डले म्याभरिक कौटिल्य भेन्चरलाई पनि पीईभीसीको लाईसेन्स दिएको छ ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...
spot_img