Monday, July 27, 2026
spot_img

लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फण्डको इकाई आजदेखि बिक्रीमा

spot_img

लक्ष्मी सनराइज क्यापिटलले आज वैशाख ३० गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई बिक्री खुला गरेको छ। क्यापिटलले लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एलएस होराइजन १२ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गरेको हो।

यस योजनाको आकार १२० करोडको रहेको छ, जसमा क्यापिटलले १० रुपैयाँ अंकित दरका १२ करोड इकाई निष्काशन गरेको छ। जस मध्ये १ करोड ८० लाख इकाई कोष प्रबर्दक लक्ष्मी सनराइज बैंकलाई सुरक्षित राखी बाँकी १० करोड २० लाख इकाई आम सर्वसाधारणको लागि निष्काशन गरिएको छ ।

यस निष्काशनमा न्युनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको लागि आवेदन दिन सकिने छ। आवेदन दिँदा छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ १३ गतेसम्म आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते क्यापिटललाई फण्ड निष्काशनको अनुमति दिएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...
spot_img