शेयरबजारले एकै दिन बनायो ३ वटा रेकर्ड

spot_img

आज २०८१ साउन २७ गते आइतबार नेपालको शेयरबजारमा ३ वटा रेकर्ड बनेको छ ।आज उच्चतम रकमको कारोबारको रेकर्ड, उच्चतम कित्ता शेयर कारोबारको रेकर्ड र उच्चतम बजार पुँजीकरणको रेकर्ड बनेको हो ।

आज शेयर बजारमा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९ रुपैयाँ ९० पैसाको कारोबार भएको हो । यस अघि २०८१ साउन २२ गते २३ अर्ब ७१ करोडको कारोबार भएको थियो । आज सो रेकर्ड तोडिएको हो। आज शेयर बजार परिसूचक नेप्से भने ९४.५३ अंकले बढेर २८६०.९१  को बिन्दुमा पुगेको छ ।

त्यस्तै आज ६ करोड ३ लाख २१ हजार ३ सय २३ कित्ता शेयर खरिद बिक्री भएको छ। ६ करोड बढी कित्ता शेयर खरिद बिक्री भएको यो नै पहिलो पटक हो ।

त्यस्तै आज बजार पुँजीकरणले पनि नयाँ रेकर्ड कायम गरेको छ। आजको कारोबारपछि बजार पुँजीकरण बढेर ४५ खर्ब ४१ अर्ब ३ करोड ३२ लाख पुगेको छ। यो हालसम्म कै उच्च बजारपुँजीकरण हो ।

आज शेयरबजार परिसूचक नेप्से सूचक ९४.४६ अंकले बढेर २८६०.८४ को बिन्दुमा पुगेर रोकिएको छ । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब ५२ करोडको कारोबार भएको छ भने शिवम सिमेन्टको १ अर्ब १६ करोड तथा निफ्राको ६८ करोड २७ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये ९ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने ३ कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ। आज कुथेली बुखारी स्मल हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने सिटिजन सुपर ३० म्युचुअल फण्ड ७.५४ प्रतिशत तथा युनिलिभरको शेयर मूल्य ३.५० प्रतिशत घटेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज...