Monday, September 7, 2026
spot_img

दुईवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

आज साउन २३ गते बुधबार दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि साउन २४ गते बुक क्लोज गर्ने निर्णय गरेका नेशनल लाइफ इन्स्योरेन्स र सुर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज साउन २३ गते अन्तिम दिन हो ।

नेशनल लाइफले भदौ ७ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै सुर्योदय वोमी लघुवित्तले साउन ३२ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १४.००५१४३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश समबन्धित कम्पनीका लगानीकर्तामा वितरण हुने छ ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...