Sunday, July 12, 2026
spot_img

जो धितोपत्र बोर्डको अध्यक्षको लागि चर्चामा छन्

spot_img

सरकारले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नाम सिफारिस गर्न सिफारिस समिति गठन गरिसकेको छ। वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका डा.गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय सदस्य र  धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञको रुपमा भुवन कुमार दाहाल रहेका छन्।

अब यस समितिले बोर्ड अध्यक्ष नियुक्तिको लागि मन्त्रिपरिषदमा ३ जनाको नाम सिफारिस गर्ने छ। धितोपत्र समबन्धी ऐनमा यस्तो समितिले बोर्ड अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम सिफारिस गर्ने र समितिले नाम सिफारिस गर्नको लागि आफ्नो कार्यविधि आफै बनाउन सक्ने उल्लेख छ ।

यसो हुँदा समितिले बोर्ड अध्यक्ष नियुक्तिको लागि दरखास्त आह्वान नै नगरी सिधै ऐनले तोकेका योग्यता पुगेका व्यक्तिहरुलाई सिधै सिफारिस गर्न सक्ने बताईएको छ। सरकारले छिटोभन्दा छिटो बोर्डमा अध्यक्ष नियुक्त गर्न चाहेकोले सिधै नाम सिफारिस गर्न सक्ने स्रोत बताउछ। यदि दरखास्त आह्वान भएको अवस्थामा भने एक साता वा सो भन्दा पनि कम समय राखेर सूचना प्रकाशन हुने बताईएको छ।

हाल बजारमा बोर्ड अध्यक्षको लागि विभिन्न नाम चर्चामा छन् । सबैभन्दा धेरै चर्चामा रहेको नाम हो डा. विश्वास गौचन । हाल उनी Institute for Integrated Development Studies (IIDS) मा कार्यकारी अध्यक्ष छन् । जिम्मेवारी लिन तयार रहे सरकारले उनलाई बोर्ड अध्यक्ष बनाउन चाहेको चर्चा छ । उनले संयुक्त राष्ट्र संघको लागि पनि काम गरिसकेका छन्।  उनी शंग्रिला डेभलपमेन्टका संस्थापक अध्यक्ष हुन् ।

त्यस्तै बोर्ड अध्यक्षको लागि डा. गोपाल भट्टको नाम पनि चर्चामा छ।  नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट अवकाश पाएका भट्ट हाल अध्यापन कार्यमा संलग्न छन् । उनले पुँजीबजार मै विद्यावारिधि गरेका हुन् । तर सिफारिस समितिका संयोजक रहेका डा. गुणाकर भट्ट र उनको नाता पर्ने भएकोले सिफारिस हुन सक्ने नसक्ने बारे यकिन नरहेको बताईन्छ।

बोर्ड अध्यक्षको लागि त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्रोफेसर डा. नविन ढुंगेलको नाम पनि चर्चामा छ। त्यस्तै नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशकबाट अवकाश पाएका निरज गिरी र कृष्णराज पोखरेलको नाम पनि चर्चामा छ। बोर्डको कार्यकारी निर्देशकबाट हिजोमात्र अवकाश पाएका डा. नवराज अधिकारीको नाम पनि चर्चामा रहेको छ। यस अघि पनि आवेदन दिएका उनले हिजो अवकाश हुने क्रममा ‘म फेरी बोर्ड मै आउने हो’ भनेर ठट्टा गरेको कर्मचारी बताउछन् । बोर्ड कै दुई जना कार्यकारी निर्देशकले पनि आवेदन दिन सक्ने बताईएको छ।

धितोपत्र बोर्डमा कर्मचारीहरुले खाई पाई आएको तलव सेवा सुविधाको विवाद कायमै छ। यस्तो अवस्थामा बोर्ड कै कर्मचारी वा अवकाश प्राप्त कर्मचारी अध्यक्षको रुपमा आएमा सो विवाद सल्टाउने अपेक्षाको कारण बोर्डका कर्मचारीहरुले भने  बोर्ड कै कर्मचारी वा अवकाश प्राप्त कर्मचारीलाई अध्यक्षको रुपमा हेर्न चाहेका छन् ।

यी बाहेक एक मर्चेन्ट बैंकका सीइओ, नेपाल राष्ट्र बैंक कै एक जना कार्यकारी निर्देशक र एक जना कामु निर्देशकको नाम पनि चर्चामा छ। ग्रिन सिग्नल आएमा यी ३ जना आफ्नो हालको पदबाट राजीनामा दिन तयार रहेको बताईन्छ।

तर अहिले अध्यक्ष बन्ने व्यक्तिले पुरा काम गर्न पाउने छैन । राजीनामा दिएका सन्तोष नारायण श्रेष्ठको बाँकी कार्यकालको लागि मात्र अध्यक्ष नियुक्त हुने भएकोले माथि उल्लेखित कतिपयले अध्यक्ष बन्न इन्कार गर्न सक्ने पनि बताइन्छ।

साथै बोर्डको सम्भावित अध्यक्षको लागि विभिन्न व्यक्तिहरुबाट सिभि माग गर्ने काम भईरहेकोले यी बाहेक अन्तिममा अरु नाम पनि आउँन सक्ने स्रोत बताउँछ। त्यस्तै आवेदन माग भएको खण्डमा बजार विज्ञ/विश्लेषक भनेर चिनिने अन्य व्यक्तिको पनि आवेदन आउँन सक्ने बताईन्छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेशनल स्कुलको फ्याब ल्याबकम निःशुल्क कक्षा

नवीन तथा व्यवहारिक शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेशनल...

भारतका एयरपोर्ट प्रयोग गरेर नेपालीलाई विदेश पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

नेपाली श्रमिकलाई भारतबाट विदेश पठाउने म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार...

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका...

३.४६ अर्ब क्षतिपूर्ति माग गर्दै क्यानविरुद्द अदालत जाने हिमालय एयरलाइन्सको चेतावनी, डीजीलाई पठायो पत्र

निजी क्षेत्रबाट सञ्चालित नेपालको एकमात्र अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी...
spot_img