चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८२ साउन देखि २०८३ जेठसम्मको अवधिमा कुल ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको खुद नाफा १९.६२ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकहरुको खुद नाफा ५३ अर्ब ९७ करोड थियो।
चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नबिल बैंकले सबैभन्दा धेरै ८ अर्ब ४९ करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले ५ अर्ब ९७ करोड, तथा कुमारी बैंकले ४ अर्ब ७० करोड खुद नाफा कमाएको छ।
यस अवधिमा एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ५० करोड ७७ लाख रहेको छ भने हिमालयन बैंकले १ अर्ब १६ करोड ४२ लाख खुद नाफा कमाएको छ ।
आर्थिक वर्ष २०८२ जेठ र २०८३ जेठ अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा कुमारी बैंकको खुद नाफा सर्वाधिक ११६८.४५ प्रतिशतले बढेको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ६८.८२ प्रतिशतले बढेको छ भने सानिमा बैंकको खुद नाफा ४४.८४ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०८२ जेठ र २०८३ जेठको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा ६ वटा बैंकको खुद नाफा घटेको छ। जस मध्ये एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ३८.८१ प्रतिशत घटेको छ भने प्रभु बैंकको खुद नाफा ३४.९१ प्रतिशत घटेको छ। त्यस्तै नेपाल नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २१.०५ प्रतिशत घटेको छ।
हेर्नुस् आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को पहिलो ११ महिनामा वाणिज्य बैंकको खुदनाफाको तुलनात्मक विवरण । रकम रु. १० लाखमा देखाईएको छ।










