Sunday, September 6, 2026
spot_img

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी

spot_img

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका छन् । परिषद्को शनिबार आयोजित ३० र ३१ औँ वार्षिक साधारणसभा तथा आइतबार सम्पन्न निर्वाचनबाट डङ्गोल अध्यक्षमा निर्वाचित भएका हुन् ।

डङ्गोलले अर्का उम्मेदवार प्रश्रय राजभण्डारीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए ।

अध्यक्ष डङ्गोलले ७२८ मत प्राप्त गर्दा राजभण्डारीले ३६५ मत मात्रै प्राप्त गरे । यस्तै, प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्धितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका छन् ।

यस्तै, महासचिवमा पशुपति कँडेल ि७२० मत ल्याएर नर्वाचित भएका छन् । महासचिवका अर्का उम्मेदवार पुण्यराम लागेजु ३३३ मतमा समेटिए ।

यसैगरी, सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी भएका छन् ।

सदस्यहरुमा सुरेन्द्र डङ्गोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईँ र चन्द्रा तामाङ विजयी भएका छन् । आगामी दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा १ हजार २२५ मत खसेको थियो ।

नवनिर्वाचित अध्यक्ष डङ्गोलले सुरक्षित र व्यवस्थित ठमेल निर्माणमा आफ्नो ध्यान केन्द्रीत हुने बताएका छन् । उनले पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रका रुपमा रहेको ठमेललाई प्रविधिसँग जोडेर अझ उन्नत गन्तव्य बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्री राहत कोष र दैवी प्रकोप उद्धार कोषमा ११ अर्बभन्दा बढी संकलन

भोटेकोशी बाढी प्रभावितका लागि सरकारलाई आर्थिक सहयोग जुट्ने क्रम...

नुवाकोटमा सेनाले थाल्यो बेलिब्रिज जडान

नेपाली सेनाले नुवाकोटमा एक बेलिब्रिज जडानको काम सुरु गरेको...

उद्योगीले बढाएको ग्यासको मूल्यलाई निगमको स्वीकृति !

भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी...

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...