यसपाली विगतको भन्दा धेरै मल ल्याएका छौँ, अभाव हुँदैनः मन्त्री चौधरी

spot_img

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यसवर्ष विगतका वर्षको तुलनामा सबैभन्दा बढी रासायनिक मल आयात भएको बताएकी छिन् । विगतको भन्दा धेरै मल आयात गरिएको हुनाले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको उनको भनाइ छ ।

चितवनको खैरहनीमा आयोजित कार्यक्रममा उनले यस वर्ष रोपाइँ गर्नुअघि मल उपलब्ध गराउने प्रयास गरिए पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापनसम्बन्धी समस्याका कारण मल पु¥याउन नसकिएको बताइन् । उनका अनुसार साउन १ गतेदेखि नयाँ लटको आयात सुरु हुँदैछ । मल बन्दरगाहमा आइपुगेको छ ।

माग र आपूर्तिबीच अझै सन्तुलन कायम गर्न चुनौती रहेको उल्लेख गर्दै मन्त्री चौधरीले किसानलाई सहज सेवा प्रदान गर्न टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको बताइन् ।

सरकारले चालु आर्थिक वर्षमा ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल देशभर पठाइसकेको भन्दै मन्त्री चौधरीले खेती प्रणाली विस्तारसँगै रासायनिक मलको माग तीव्र रूपमा बढेको र मागअनुसार आपूर्ति गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छिन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्लेनको भाडाः स्वीकृत दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति

नजिकिँदो चाडपर्वका बेला हवाई भाडा दर बढाएको भन्ने गुनासो...

बाढीको ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको...

मोबाइल फोन इम्पोर्टर्स एशोसियशनको अध्यक्षमा दिपक मल्होत्रा

मोबाइल फोन इम्पोर्टर्स एशोसियशनको अध्यक्षमा दिपक मल्होत्रा दोहोरिएका छन्...

विदेश जानका लागि ग्लोबल आइएमईका शाखाबाट डलर साट्न सकिने

विदेश यात्रामा जानेहरूका लागि Global IME Bank ले US...

डोलेश्वर भिलेज रिसोर्टको साधारणसभा सम्पन्न, ३० प्रतिशत आईपीओ निष्काशनको तयारी

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडको ११औँ वार्षिक...

राष्ट्रपतिसँग महासंघका पदाधिकारी र सदस्यको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग आज नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी...