Tuesday, August 18, 2026
spot_img

आधा पनि खर्च भएन विकास बजेट

spot_img

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन सेकन । गत वर्षको जेठ १५ मा भएको बजेट भाषणमार्फत चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ४ खर्ब ७ अर्ब विकास बजेट विनियोजन गरिएकोमा अन्तिम भूक्तानी दिन (असार २५ गते)सम्म जम्मा १ खर्ब ८१ अर्ब मात्रै खर्च भएको हो ।

चालु आर्थिक वर्षमा खर्च भएको पुँजीगत बजेट कुल विनियोजनको जम्मा ४४.५१ प्रतिशत मात्रै हो ।

गत आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब विकास बजेट छुट्याइएकोमा ६३.२ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब खर्च भएको थियो ।

गत वर्षको भदौ २३ र २४ गते भएको जेन् जी आन्दोलनले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि अन्तरिम सरकार बनेको थियो । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारलाई निर्वाचन गराउने जिम्मेवारी दिइएको हुनाले उक्त सरकारले विकास निर्माणका काममा तीव्रता दिन सकेन ।

त्यसपछि बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले पनि नयाँ ठेक्का लगाउने अवधि नपाएका कारण चालु आर्थिक वर्षमा विकास बजेट खर्च हुन नसकेको पूर्व प्रशासकहरु बताउँछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img