Monday, May 4, 2026
spot_img
spot_img

७ वर्षपछि नेप्सेमा सर्किट ब्रेकको नियम परिमार्जनको तयारी, बन्ला नयाँ इन्डेक्स ?

spot_img
spot_img

सात वर्षपछि हाल शेयरबजारमा विद्यमान रहेको सर्किट ब्रेकको नियम परिमार्जनको तयारी भएको छ। हालै सम्पन्न चुनावपछि फागुन २५ गते शेयरबजार खुलेको थियो। सो दिन शेयरबजारमा  कुल ३ मिनेटभन्दा पनि कमको कारोबार भयो र लगातार तेस्रो पोजेटिभ सर्किट लागेर दिनभरको लागि कारोबार स्थगित भयो ।

हालै सम्पन्न चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत सहित सरकार बनाउने निश्चित भएपछि फागुन २५ गतेको शेयरबजारमा लगातार तेस्रो पोजेटिभ सर्किट लागेको थियो। त्यस क्रममा नेप्से सूचक १६२.९३ अंकले बढेर २८७५.४३ को बिन्दुमा पुगेको थियो । सूचक १६२.९३ अंकले बढ्दा सो दिन ३ मिनेटभन्दा पनि कम कारोबार भयो । केही सेकेण्ड मात्र कारोबार खुल्ने र सो समयमा बजार बढेर सर्किट लागि हाल्ने लगानीकर्ताले खासै कारोबार गर्न पाएनन् । लगानीकर्ताहरुबाट कारोबार नै गर्न नपाएको गुनासो बढेपछि नेपाल धितोपत्र बोर्डले सर्किट ब्रेकको नियम परिमार्जनको तयारी गरेको हो ।

सो को तयारी स्वरुप धितोपत्र बोर्डले सर्किट लागेको भोलिपल्ट नै अर्थात् फागुन २६ गते नै नेप्सेसँग यसबारे छलफल गरेको छ। सर्किट ब्रेकको नियमलाई समयानुकूल र व्यावहारिक बनाउने विषयमा छलफल भएको बोर्डले जनाएको छ।

हालको सर्किट ब्रेकको नियम २०७५ चैत्र १९ गतेदेखि लागु रहेको छ । अहिलेको  नियममा नियमित कारोबार सुरु भएको पहिलो घण्टा भित्रमा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुनेछ, जुन पहिलो सर्किट ब्रेकको रुपमा रहन्छ । त्यस्तै दोस्रो घण्टा भित्रमा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुनेछ, यो दोस्रो सर्किट ब्रेकको रुपमा रहन्छ। र तेस्रो घण्टा भित्रमा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित हुनेछ, जुन तेस्रो तथा दिनको अन्तिम सर्किट ब्रेकको रुपमा रहन्छ।

२०७५ साल अघि भने सर्किट ब्रेकको यो सीमा पहिलो घण्टाभित्रको लागि ३ प्रतिशत, दोस्रो घण्टा भित्रको लागि ४ प्रतिशत र तेस्रो घण्टा भित्रको लागि ५ प्रतिशत सीमा थियो।

अहिलेको नियम लागू भएको ७ वर्षपछि धितोपत्र बोर्डले नियम परिमार्जनको लागि छलफल अघि बढाएको हो। बोर्डले पुँजीबजार सुधार सुझाव कार्यदलको प्रतिवेदनको सिफारिसको आधारमा समेत सर्किट ब्रेकको नियम परिमार्जनको तयारी स्वरूप छलफल अघि बढाएको उल्लेख गरेको छ।

तर बोर्ड कै कार्यकारी रुपेश केसीको संयोजकत्वमा गठित उक्त कार्यदलले सर्किट ब्रेकको नियम फेर्न मात्र भनेको थिएन । सो कार्यदलले ‘हाल प्रचलनमा रहेको नेप्से सूचकाङ्कलाई All Equity Index को रूपमा कायम राखी कारोवारयोग्य शेयरहरू (Free Float Shares) को आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई Benchmark सूचकाङ्कको रूपमा प्रयोग गर्ने र सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्न’ सिफारिस गरेको थियो।

अर्थात् कार्यदलले कारोवारयोग्य शेयरहरू (Free Float Shares) को आधारमा नयाँ सूचकांक विकास गर्न, त्यस सूचकांकलाई Benchmark सूचकांकको रूपमा प्रयोग गर्न , अनि बल्ल सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्न भनेको थियो । तर बोर्डले भने नयाँ Benchmark सूचकांक सम्बन्धि सिफारिसलाई वेवास्ता गर्दै सर्किट ब्रेकको नियम मात्र परिमार्जन गर्न खोजेको जस्तो देखिन्छ।

विभिन्न विकल्पमा छलफल भईरहेको र अहिले नै कुनै निर्णयमा भने नपुगिएको बोर्ड स्रोत बताउछ । अहिलेको ४,५,६ प्रतिशतको सीमालाई परिवर्तन गरेर ४,६,८ प्रतिशत पुर्याउने वा ५,६,७ पुर्याउने वा अरु विभिन्न विकल्पमा छलफल भईरहेको बताईएको छ। त्यस्तै सर्किट  ब्रेक लाग्दा कति समय कारोबार रोक्ने भन्ने विषय पनि परिमार्जन गरिने र त्यसमा पनि विभिन्न विकल्पमा छलफल भईरहेको बताईन्छ।

सर्किट ब्रेकर दुर्लभ घटना हुनुपर्छ 

शेयरबजारका जानकारहरु बजारमा सर्किट ब्रेक लाग्नु भनेको ऐतिहासिक घटनामा लाग्नु पर्ने दुर्लभ घटना हुनु पर्ने बताउछन् । तर अहिलेको अवस्थामा राष्ट्र बैंकबाट केही नीति परिवर्तन हुँदा पनि सर्किट लाग्ने, कोहि विशेष व्यक्ति अर्थमन्त्री हुँदा पनि सर्किट लाग्ने , कुनै निश्चित पार्टीको गठबन्धन सरकार बन्दा पनि सर्किट ब्रेक लाग्ने गरेको छ। नेपालमा २०६४ सालदेखि नेप्सेमा सर्किट ब्रेकको नियम लागू गरिएको थियो।  त्यस बेलादेखि अहिलेसम्म २५० पटक सर्किट ब्रेक लागिसकेको बताईन्छ ।  सिमित र दुर्लभ हुनु पर्ने सर्किट ब्रेक सहजै लाग्ने भएकोले यसमा  परिवर्तन आवश्यक रहेको बजारका जानकारहरु बताउछन् ।

त्यसो त विश्वका विभिन्न देशहरुले आफु अनुकुलका  सर्किट  ब्रेकका नियम लागू गरेका छन् । कतिपय देशले त बजार घट्दा मात्र सर्किट ब्रेक लाग्ने र बढ्दा नलाग्ने नियम पनि कार्यान्वयनमा गरेका छन् ।

सर्किट ब्रेक लागाउनु भनेको शेयर बजारमा सूचकांक धेरै छिटो धेरै बढ्दा वा घट्दा केही समयका लागि कारोबार रोक्ने नियम हो। यसको मुख्य उद्देश्य बजारमा अत्यधिक उतार–चढाव रोक्नु र लगानीकर्तालाई सोच्ने समय दिनु हो। अहिले लागु रहेको सर्किट ब्रेकको नियममा पहिलो सर्किट  लाग्दा बजार २० मिनेटको लागि बन्द रहन्छ । यो २० मिनेटको समयलाई झरेर ५ वा १० मिनेट कायम गर्नु उचित हुने कतिपयको धारणा छ। त्यस्तै दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटलाई बजार बन्द हुने व्यवस्था छ, त्यसलाई पनि घटाएर १० वा १५ मिनेट कायम गर्नु पर्ने उनीहरुको भनाई छ। सर्किट ब्रेकको नियम लगाउनु पर्ने तर दिनभरको कारोबार भने नरोकिने गरि नियम डिजाइन गर्नु पर्ने आवाज पनि उठेको छ। भविष्यमा इन्ट्रा डे कारोबारको समेत कल्पना गरिएकोले सर्किट ब्रेक लगाएर दिनभर कै कारोबार बन्द गर्न नहुने उनीहरुको भनाई छ।

के छ सर्किट ब्रेक नियम परिवर्तन गर्ने प्रक्रिया  ?

धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ मा सर्किट ब्रेकबारे व्यवस्था छ । यदी सर्किट ब्रेकको नियम परिवर्तन गर्ने हो भने यो विनियमावली संशोधन गर्नु पर्छ। यसको लागि नेप्सेको संचालक समितिले विनियमावली संसोधन गरेर स्वीकृतिको लागि धितोपत्र बोर्डमा पठाउनु पर्ने हुन्छ । बोर्डले स्वीकृति दिएपछि नेप्सेले तोकेको मितिबाट नयाँ विनियमावली अर्थात् सर्किट ब्रेकको नयाँ नियम लागू हुन सक्छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

सिद्धार्थ क्यापिटलले आज वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी...

वैदेशिक रोजगारीमा रहेकालाई सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज...

धितोपत्र बोर्डको अध्यक्षको लागि CV बुझाउने आज अन्तिम दिन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न इच्छुक तथा योग्य व्यक्तिले...

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...
spot_img