Tuesday, February 10, 2026
spot_img

२६ सयको बिन्दु पुगेर शेयरबजारमा करेक्सन, १६ अर्ब २० करोडको कारोबार

spot_img
spot_img

आज बुधबार शेयरबजारमा करेक्सन आएको छ । आज शेयरबजार परिसूचक नेप्से २७.३२ अंकले घटेर २५३६.११ को बिन्दुमा पुगेर रोकिएको छ। आज कारोबार समयमा ११ बजेर २६ मिनेटमा नेप्से सूचक २६००.४१ को बिन्दुमा पुगेको थियो।

आज कारोबारमा आएका ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २ सय २६ कित्ता शेयर खरिद बिक्रीबाट १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३ सय १४ रुपैयाँ ५३ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३६ करोड ७ लाख, शिवम सिमेन्टको ३४ करोड २२ लाख तथा अपर तामाकोशीको २९ करोड ४७ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये बोटलर्स नेपाल तराई, र एशियन हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९७ प्रतिशत तथा समृद्धि फाइनान्सको शेयर मूल्य ९.६५ प्रतिशत बढेको छ।

आज चिरख्वा हाइड्रोको शेयर मूल्य सर्वाधिक ७.७९ प्रतिशत घटेको छ भने सुपर मादी हाइड्रोको शेयर मूल्य ६.०८ प्रतिशत घटेको छ। त्यस्तै थ्री स्टार हाइड्रोको शेयर मूल्य ५.९१ प्रतिशत तथा मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य ५.७२ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये फाइनान्स समूह सर्वाधिक १.१६ प्रतिशत तथा होटेल समुह ०.१३ प्रतिशत बढेको छ। बाँकि सबै समूहगत सूचक घटेको छ। जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ३.०९ प्रतिशत घटेको छ ।

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img